कोरोनाको त्रास : संक्रमणबाट बच्न भारतीय नागरिक विमान चढेर धमाधम नेपाल आउँदै
काठमाडौं , चैत ६ । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएपछि यति बेला मानिसमा त्रास फैलिएको छ। नेपालमा यसको संक्रमण अहिले सम्म भेटिएको छैन तर नेपालीमा त्रास भने निकै छाएको छ । यति मात्रै होइन डर र त्रासले काठमाडौंमा रहेको अधिंकाश मानिस घर जान थालेका छन् ।
अर्को कुरा बढी संक्रमण भएका देशहरुका नागरिकले आफ्नो मुलुक छोडेर संक्रमणबाट सुरक्षित रहेका या कम जोखिममा रहेका देशहरूमा जान थालेका छन्। । नेपाल पनि कोरोना संक्रमण भेटिएको मध्ये सबैभन्दा कम प्रभावित मुलुक हो।
त्यसैले यतिखेर भारतीयहरू धमाधम विमान चढेर नेपाल आइरहेका छन्। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखिसकेको छ। तर नेपालको एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट दैनिकजसो हवाईमार्ग हुँदै भारतीयहरू नेपाल आउने क्रम बढेको छ। भारतमा कोभिड(१९ को संक्रमणका कारण अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने १६९ जना संक्रमित भएका छन्। ।
मानवीय हताहती बढेसँगै भारतीय नागरिकहरू त्रसित भई संक्रमणबाट जोगिन नेपाल आउन थालेको बताएका छन्। । बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएको बताए। उनी भारतको चेन्नाइबाट आएका हुन्। उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए।
नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाई थियो । यस्ता उनीसँगै आएको थुर्पैको भनाइ एहि रहेको थियो । भारतमा रहेका नेपाली पनि धमाधम नाका हुँदै नेपाल आउन थालेका छन् ।














प्रतिक्रिया दिनुहोस्