ग्यास पसल र पेट्रोल पम्पलाई दुई लाख जरिवाना, को -को परे हेर्नुहोस्
काठमाडौं , चैत ५ । पछिल्लो समय कोरोनाकै कारले बजारमा कालोबजारी हुन थालेको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने कार्य यति बेला बजारमा भइररहेको छ । यसैबीच ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।
सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । यस्तै मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिमअभाव सिर्जना गरेर इन्धन भण्डारण गरेको विभागले फेला पारेको थियो ।
बुधबार विभागको टोलीले १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको विभागले जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे सम्पर्क गर्न विभागले आग्रह गरेको छ ।
उपभोक्ताले ११३७ मा फोन गरेर विभागमा गुनासो पनि गर्न सक्नेछन् । यसरी कोरोनाको कारण देखाउँदै अहिले बजारमा माक्स तथा अन्य खाद्यवस्तु तर ग्यासमा कालोबजारी भएको छ ।











प्रतिक्रिया दिनुहोस्