मेक्सिकोमा शक्तिशाली भूकम्प, कम्तिमा १३० जनाको मृत्यु

काठमाडौं । मेक्सिकोमा शक्तिशाली भूकम्पमा गएको छ, भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ ।
अहिले बेपत्ताको खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।

मेक्सिकोमा आज भन्दा ३२ वर्षअघि भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा पर्छ ।

भूकम्पका कारण केहीबेर मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।

राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् जसका कारण उद्दार कार्यमा प्रभावित नहोस् ।

प्रतिक्रिया दिनुहोस्