कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच सम्झौता
काठमाडौं , चैत ४ । कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले बैंकले यस्तो सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोस्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता–पत्र अनुसार टेस्ला डायगनोस्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत् भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्