कारागारमा भडकियो दंगा, ९ जनाको मृत्यु
काठमाडौं, चैत ४ । कोरोना संक्रमण रोक्न इटली सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई उनीहरुका आफन्तजनसंग भेट गर्न रोक लगाएपछि भडकिएको दंगामा ९ जनाको मृत्यु भएको छ ।
इटलीको मोडेना, नेपल्स, पोगिओरेले, फोगिया र रिएती गरी २० वटा कारागारमा दंगा हुँदा ९ जना कैदीहरुको ज्यान गएको हो ।सरकारले कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन वेवास्ता गरेको र परिवारजनसँग पनि भेट गर्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गर्नुका साथै केही कर्मचारीलाई बन्दी बनाएका छन् । कैदीहरुले कारागारमा रहेका फर्निचरहरु जलाउनु साथै क्यान्टिनमा पनि आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्