दलको निष्कर्षपछि मात्रै एमसीसी संसदको एजेण्डा बन्छ: सभामुख सापकोटा
काठमाडौं, ३ चैत । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज र्काेरेशनेसन (एमसीसी) दलहरुको निष्कर्षपछि मात्रै संसदको एजेण्डा बन्ने बताएका छन् ।
हाल सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मै एमसीसीबारेमा निष्कर्षमा नपुगेको बताउँदै अहिले संसदको एजेण्डा नबनेको बताए ।
सोमबार सञ्चारकर्मीसंको भेटमा सभामुख सापकोटाले सत्तारुढ दलभित्रै एकमत नभइरहेको सन्दर्भमा एमसीसी संसदको एजेण्डन बन्न नसक्ने बताएका हुन् ।
‘सत्तारुढ पार्टीमा छलफल भइरहेको छ । प्रतिपक्षी दलका सचेतक, प्रमुख सचेतकहरुसँग पनि छलफल भएर आएपछि यो एजेण्डा बन्छ । अहिले एमसीसी बहसमै छ,’ भने, दलहरुका बीचमा सहमति भएर आएपछि एमसीसीलाई एजेण्डा बनाउन आफूले सहजीकरण मात्रै गर्न सक्ने सापकोटाको भनाइ छ ।
त्यस्तै एक अर्काे प्रसंगमा नेकपाले टुङ्ग्याएपछि उपसभामुख चयन प्रक्रिया सुरु हुने उनले बताए । सभामुख सापकोटा सत्तारुढ दल नेकपाका तर्फबाट निर्वाचित सांसद हुन । उनी सभामुख भएपछि संविधान अनुसार नेकपाले उपसुभामुख पाउँदैन ।
तर, सभामुख सापकोटाले कसलाई उपसभामुख बनाउने भन्ने विषय नेकपाले नै टुङ्ग्याएपछि अगाडि बढ्ने बताए । ‘मैले नेकपाको संसदीय दलको उपनेतासँग पनि कुरा गरेको छु । उहाँले नेकपाले नै यो विषय टुङ्ग्याउनुपर्छ भन्नुभएको छ, सभामुख सापकोटाले भने, ‘नेकपाले टुङ्ग्याएपछि यो अगाडि बढ्छ । मैले त टुङ्गिएर आएपछि प्रक्रिया सुरु गर्ने न हो ।’
त्यस्तै सभामुख सापकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग आफ्नो असमझदारी नरहेको प्रष्टीकरण दिए । संघीय संसदको कार्यबाहक महासचिव गोपालनाथ योगीलाई तोकिएको विषयमा राष्ट्रिय सभा अध्यक्षले आफूसँग समझदारी नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको सार्वजनिक भएको थियो ।
यो विषयमा जिज्ञासा राख्दा सभामुख सापकोटाले भने, ‘त्यस्तो कुनै असझमदारी छैन । अध्यक्ष ज्यु सँग सल्लाह गरेर नै भएको हो । केही भए फेरी छलफल गरौंला ।’
विधि र प्रक्रियाअनुसार सिनियर भएको आधारमा महासचिव नहुँदासम्म महासचिवले काम गर्ने गरी योगीलाई जिम्मेवारी तोकिएको उनले बताए ।
सभामुख सापकोटाले संसदमा रहेका विधेयकहरुलाई पास गराउन सकेजति पहल गर्ने बताए । नागरिकता सम्बन्धी विधेयक, संघीय निजामती कर्मचारी सम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा अड्किएको छ । संविधान कार्यान्वयन सँग जोडिएका यी विधेयकहरु अड्किँदा प्रदेश सरकारले काम गर्न नपाएको र नागरिकले पनि सास्ती पाएको आफूले महसुस गरेको पनि सभामुख सापकोटाको भनाइ छ ।
‘तीनपटक मुद्दा जित्दा पनि नागरिकता नपाएका केसहरु पनि आएका छन । त्यसकारण नागरिकता विधेयकमा गम्भीर भएको छु । यसलाई पनि अगाडि बढाउन सकेजति पहल गर्छु’ सापकोटाले अगाडि भने, ‘यस बिषयमा शीर्ष नेताहरुसँग पनि छलफल भएको छ ।’
नागरिकता विधेयक वैवाहिक अंगीकृतको प्रावधानमा गएर अड्किएको छ । वैवाहिक अंगीकृत नागरिता प्राप्ति प्रावधानबारे शीर्ष नेतृत्वलाई निकास दिन राज्य व्यवस्था तथा सुशासन समितिले आग्रह गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्