सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा, कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण र पूर्वतयारीबारे छलफल गरिने

काठमाडौं , चैत २ । कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कार्ययोजना तय गर्न आइतवार सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा जम्मा हुने भएका छन् ।

विश्वव्यापी रुपमा महामारी बन्दै गएको कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग छलफल गर्न बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको भनाई छ ।

मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र तिनका प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्दैछ ।

त्यस्तै प्रदेशस्तरमा गरिएका पूर्वतयारीका कामबारे पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्