कोरियामा बाहिर निस्किँदैनन् नेपाली, संक्रमणमा कमी देखिए पनि त्रास कायमै

काठमाडौं, चैत २ । दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ ।

कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन । धेरैजसो नेपाली कम्पनीमै काम गर्दै बसेका छन् । उनीहरु छुट्टीमा पनि बाहिर हिंडडुल गदैनन् ।

‘साहूले बाहिर नजानु भनेका छन् । छुट्टीमा साथीहरुले भेट्न बोलाए पनि जान सकेको छैन’, नोनसानस्थित एक बंगुर फार्ममा कार्यरत सुरज लामा भन्छन्, ‘बाहिरबाट आउनेहरुसँग पनि नभेट्न भनेकाले साथीलाई यता बोलाउन पनि सक्दैनौं । कोठामै मोबाइलमा विभिन्न पोग्राम हेर्दै, साथी र आफन्तसँग कुरा गर्दै छुट्टी कटाउने गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्