प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशान कार्यलय धनुषामा सञ्चालन

काठमाडौं, फागुन ३० । प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशान कार्यलय धनुषामा विस्तार भइ सञ्चालन आएको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं ४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

धनुषास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको फाल्गुन ३० गते धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले एक समारोहका बीच उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धनुषा जिल्ला प्रशासन कार्यलयमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्