अब एभरेष्ट बैंकका ग्राहकहरुलाई होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने

काठमाडौँ , फागुन ३० । होटल सांग्रिलाको सहकार्यमा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने भएको छ ।

बागमती प्रदेशस्थित काठमाण्डौ लाजिम्पाटमा रहेको होटल साग्रिला ५ तारे होटल हो जुन आफ्नो परम्परागत शैलीको लागि प्रचलित छ ।

सम्झौता अनुसार ग्राहकवर्गले खाना, पेय पदार्थ र बेकरीमा १५ प्रतिशत छुट पाउनेछन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एभरेष्ट बैंकको डेबिट वा क्रेडिटबाट भुक्तानी गरेमा छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्