सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई पाँच लाख सहयोग
काठमाडौं, फागुन ३० । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित रहेको महेन्द्र भवन माध्यामिक आवाशिय विद्यालयलाई पाँच लाख सहयोग गरेको छ।
संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शौचालय निर्माणकोे लागि उक्त आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी सहयोग गरेको बताएको छ ।
सिटिजन्स बैंकल ९३ वटा शाखा, ९० वटा एटिएम १०३ वटा शाखारहित बैंकिङ एकाईहरुबाट सेवा दिदैं आएको छ।
प्रतिक्रिया दिनुहोस्