अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं , फागुन ३० । अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटोनलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड( १९ भएको संक्रमण भएको पुष्टि गरिएको छ ।

शुक्रबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड(१९ भएको पुष्टि गरिएको हो ।“

डुटोनलाई आज दिउँसो नै कोरोना पोजिटेभि भएको क्विन्सल्यान्ड हेल्थले पुष्टि गरेको हो ।
“क्विन्सल्यान्ड हेल्थको नीति अनुसार कुनै पनि व्यक्तिलाई कोरोना पोजेटिभ देखिएमा अस्पतालमा भर्ना गर्नुपर्छ । र म उहाँहरुको सुझावलाई मान्न तयार छु । मैले अहिले आराम महसुस गरिरहेको छु । आगामी स्वास्थ्य अवस्थाबारे जानकारी गराउने छु,“ मन्त्री डुटोनले भने ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले नोभेल कोरोना भाइरस अर्थात कोभिड(१९ को संक्रमण बढ्दै जादा पूर्व सावधानी स्वरुप भिडभाड नगर्न र पाँच सयभन्दा बढी मानिसहरु एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । सीएनएन

प्रतिक्रिया दिनुहोस्