चीनबाट आउन थाल्यो सामान, अब कुनै सामान नरोकिने

काठमाडौं, फागुन ३०े । कोरोना भाइरसका कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन थालेको छ । कोरोनाको महामारीले गर्दा सामान आउन सकेको थिएन् । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रुपमा अहिले आईरहेको बताए ।

केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु गरेको उनले जनाकारी दिए । औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालले बताए ।

चीनमा विचमा कोरोनाको कारण त्यहाँका उद्योग बन्द भएको र बाहिर सामान नपठाएको जानकारी दिंदै अब कुनै सामान आफूहरुले नरोक्ने त्यहाँका उद्योगी व्यवसायीहरुले जानकारी दिएको उनले बताए ।
चीनमा पनि बन्द भएका उद्योग कलकारखाना लगायत मानिसको आवतजावत सामान्य हुन थालेकोले अब कुनै पनि सामान आयातमा कुनै समस्या नहुने पूर्वअध्यक्ष दाहालले जानकारी दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड पनि अहिले चीनबाट सामान विशेष चेकजाँच गरेर आईरहेको बताएका छन् ।

यसैबीच चीनले पनि कोरोना भाइरस संक्रमण विरुद्धको लडाई नियन्त्रणमा आएको र अब सो संक्रमणका कारण गिरावट आएको अर्थतन्त्रलाई उकास्ने तर्फ लाग्ने समय आएको बताएको छ । चीनबाट फैलीएको कोरोनाका कारण नेपालमा खाध्य तथा अन्यमा कालोबजारी बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्