देशभर मौसम बदलीः मेघगर्जन ,चट्याङ र हावाहुरीसँगै वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० । काठमाडौं लगाएत देशभरको आजको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर हल्का बदली भएको मौसमविद्हरुले बताएका छन् । त्यस्तै देशका केही भू(भागमा मेघगर्जन, चट्याङ एवं हावाहुरीसहित वर्षा समते हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार नेपालमा हाल पश्चिमीवायुको प्रभाव रहेको छ । त्यसैका कारण उच्च पहाडी एवं हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै देशका केही पश्चिमी भु–भाग, मध्य एवं पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ एवं हावाहुरीसहित वर्षाको सम्भावना रहेको माहाशाखाको मौसम वुलेटिनले जनाएको छ । अरु दिन भन्दा देशभर आज चिसो पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्