कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार चल्दै

काठमाडौं, फागुन २९ । विश्वव्यापी महामारी घोषणा भएको कोरोना भाइरस संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालमा ६ जनाको उपचार शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

विहीवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना भाइरसको आशंका ६ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिए ।

आइसोलेसनमा राखिएका मध्ये ४ जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको देवकोटाले जानकारी दिए । सरकारले नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नभेटिएको बताएको छ र तर कतिपय सांसदले सरकारले ल्ुकाएको ओरोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्