कामना सेवा विकास बैंकको १२१औं र १२२औं शाखा प्रदेश नं १ मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरी जिल्लाको इनरmवा नगरपालिका वडा नं १ स्थित इनरुवामा यही फागुन २२ गते र झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित इटाभट्टामा यही फागुन २३ गते आफ्नो १२१औ र १२२औ शाखा कार्यालयहरु स्थापना गरी कारोबार समुद्घाटन गरेको छ ।

इनरुवा शाखाको समुद्घाटन इनरुवा नगरपालिका वडा नं १ का प्रमुख राजन मेहता तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी इटाभट्टा शाखाको समुद्घाटन मेचीनगर नगरपालिका मेची उद्योग वाणिज्य संघ झापाका वीरष्ठ उपाध्यक्ष मोहन निरौला तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२२ वटा शाखा तथा ६२ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्