माछापुच्छ्रे बैंकबाट शर्माले दिए राजीनामा, कामु सीईओमा कोइराला

काठमाडौं , फागुन २८ ।  माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सुमन शर्माले राजीनामा दिएका छन् । शर्माको राजीनामासँगै नायव प्रमुख कार्यकारी सन्तोष कोइरालाले कामु प्रमुख कार्यकारीको जिम्मा पाएका छन् ।

शर्मा २३ महिनाअघि सीईओ नियुक्त भएका थिए । शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको थियो ।शर्मा ग्लोबल आईएमई बैंकबाट सीईओ भएर माछापुच्छ्रे बैंकमा गएका थिए । त्यसअघि उनी माछापुच्छ्रे बैंकमै कार्यरत थिए ।

शर्माले आफूखुसी राजीनामा दिएको कोइरालाले बताए । कुनै वादविवाद नभई आफ्नो राजीखुसीले राजीनामा दिएको बुझिएको उनले बताए ।

कामु सीईओ कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी भएर काम गर्दै आएका थिए । माछापुच्छ्रे बैंकमा मात्रै ७ वर्ष काम गरिसकेका कोइरालाले बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा काम सुरु गरेका थिए ।

कोइराला २१ वर्षदेखि बैंकिङमा क्षेत्रमा छन् ।

अब कोइराला नै बैंकको प्रमुख कार्यकारी हुने सम्भावना रहेको एक बोर्ड सञ्चालकले बताए ।

प्रतिक्रिया दिनुहोस्