बाँस्कोटाको घरमा बम विस्फोट : आरोपमा विप्लव समूहका देव गुरुङ पक्राउ
काठमाडौं , फागुन २८ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बनाउँदै गरेको घरमा बम विस्फोट गराएको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देव गुरुङ छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।
भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए ।














प्रतिक्रिया दिनुहोस्