बाँकेको एक चप्पल कारखानामा आगालागी, एक जना गम्भिर घाईते
काठमाडौं, २८ फागुन । बाँकेको जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा आगालागी हुँदा १ जना गम्भीर घाइते हुनुको साथै कारखान पूर्ण नष्ट भएको छ । बुधबार बिहानबाट लागेको आगो लामो समयसम्म नियन्त्रणमा लिन सककेको थिएन ।
जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो ।
आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल प्रहरीले जनाएको छ ।
गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास गरिएको थियो ।
कारखाना सञ्चालक अमरजित सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । तर, प्रहरीले भने क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।
विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
घटनाको एकिन रिपोट नआएका सम्म के कसी भएको हो भन्ने बताउन नसकिने सञ्चालक सिंह बताए ।















प्रतिक्रिया दिनुहोस्