भोजपुरमा जीप दुर्घटना हुँदा ७ जना घाइते, अवस्था गम्भीर

काठमाडौं, फागुन २६ । भोजपुरको तिवारीभञ्ज्याङमा बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

भोजपुरको मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो जीप तिवारीभञ्ज्याङमा आज विहान दुर्घटना भएको हो ।

घुम्तीमा मोड्ने क्रममा दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनिहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्