प्रहरीको होली विषेश सुरक्षा योजना : जवर्जस्ती गरे अभद्र ब्यबहारमा मुद्दा चलाइने

काठमाडौं, फागुन २५ । यस वर्षको होली आउन अब एक दिन मात्रै बाँकी रहेको छ । हरेक वर्ष मनाउँदै आएएको होली पर्व यो वर्ष भने अली खल्लो हुने भएको छ । चिनबाट फैलीएको कोरोना भाइसको संक्रमणको असरले होली नखेल्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी कार्यालयले विश्वभर फेलिएको कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने संभावनालाई ध्यानमा राख्दै होलीमा भीडभाड नगर्न आग्रह गरेको हो ।

गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ यसैबीच यता होली पर्वलाई लक्षितगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा बनाएको छ ।महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गरिने वताए ।

‘विश्वभर कोरोनाको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेका छौ,’ उनले भने, ‘अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी अभद्र ब्यावहारमा मुद्दा चलाउँछौं ।’ उपत्यकालगायत पहाडी जिल्लामा सोमबार र मधेसमा मंगलबार होली पर्व मनाइन्छ ।

यसैबीच बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणकालागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने महानगरीय प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ । यसबाहेक सिसीटीभी क्यामराबाट निरन्तर निगरानी गर्ने प्रहरीले जनाएको छ ।

होलीलाई मर्या्दित, सुरक्षीत र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक पोइन्ट राखेर निगरानी बढाउने भएको छ । चाडवाडमा मादक पदार्थ सेवन र तिव्रगतिमा सवारी कुदाउनेलाई पनि कारबाही गरिने पोखरेलले बताए । अरु वर्ष जस्तै यो वर्षको होली त्यति विषेश नहुनेमा भने सर्वसाधारण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्