सीमामा थप निगरानी बढाउन गृहमन्त्रीको निर्देशन, माक्समा अत्याधिक कालोबजारी

काठमाडौं , फागुन २३ । पछिल्लो समय कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेको छ । डर त्रास फैलिरहेकै वेला माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको अहिले कालोबजारी बढ्दै जान थालेको छ । कोरोनाको भाइरसले माक्समा बढि कालो बजारी भएको छ । सरकारले केहि कालो बजारी गर्ने कम्पनीलाई कारबाही तथा जरिवाना समेत गराएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेकै बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ ।

यस्तै बैठकमा सीमा नाकामा आवतजावत गर्नेमाथि सुरक्षाकर्मीबाट थप निगरानी बढाउन पनि थापाले निर्देशन दिएका छन् । बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।बैठकले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समितिसँग समन्वय गरेर काम गर्ने पनि निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए ।

उनका अनुसार कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री बादलले निर्देशन दिएका छन् । कोरोनाको भाइरस नेपालमा उच्च जोखीम रहेको भन्दै सरकारले सावधानी अपनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्