भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुग्यो, कहाँ कति संक्रमित?

काठमाडौं, फागुन २३ । खुला सिमानाले जोडिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ पुगेको छ। दिल्लीमा शुक्रवार एक अर्का संक्रमित भेटिए सागै संक्रमितको संख्य ३१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका विशेष सचिव सञ्जीव कुमारका अनुसार संक्रमित व्यक्ति थाइल्यान्ड र मलेसियाको यात्राबाट फर्किएका रहेका छन् ।

उनी दिल्लीको उत्तम नगरका बासिन्दा हुन्। उता कोरोना भाइरसका कारण फसेका आफ्ना नागरिकलाई उद्धारका लागि भारतले इरानमा विशेष विमान पठाएको छ। इरानको दूतावासले बिहीबार देशमा दुई हजार भन्दा धेरै भारतीय फसेको जनाएको छ। इरानले ती भारतीयलाई विशेष विमानबाट भारत पठाउने जनाएको छ। इरानले पनि भारतमा रहेका आफ्ना नागरिक लिन खाली जहाज पठाउने भएको छ। भारत घुम्न आएका २६ जनाको सम्पर्कमा पुगेका राजस्थानका २४७ नागरिकमा कोरोना भाइरस नेगेटिभ देखिएको छ। तर यीमध्ये १६ नागरिक र उनीहरुका ड्राइभर कोरोना भाइरसबाट संक्रमित पाइएका छन्।

कहाँ कति संक्रमित?

समाचार अनुसार भारतका ६ सहरमा ३१ जना संक्रमित भेटिएका हुन्। केरलमा चीनको वुहानबाट फिरेका तीनजनामा कोरोना भाइरस भेटिएको हो। तर उनीहरु सन्चो भइसकेका छन्। राजधानी सहर दिल्लीमा इटाली र मलेसियाबाट फर्किएका दुईजना कोरोना भाइरस संक्रमित पाइएका हुन्। दुवैको उपचार भइरहेको छ। उत्तर प्रदेशको आगरामा ६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। इटालीबाट फर्किएका एकजना व्यक्तिले अन्य पाँचजनालाई संक्रिमत बनाएका हुन्। तेलंगानामा पनि इटालीबाट फर्किएकालाई कोरोना संक्रमण भएको छ। उनको सम्पर्कमा आएका अन्य ८८ जनालाई निगरानी गरिएको छ। राजस्थानको जयपुरमा १७ जना विरामी भेटिएका छन्। यिनमा १६ जना इटालीबाट आएका हुन्। उनीहरु राजस्थानको ६ जिल्लामा ८ दिनसम्म घुमेका थिए। यहाँ जम्मा भारतीय ड्राइभरसहित १७ जना संक्रमित भेटिएका हुन्। दिल्लीकै गुडगाउँमा अर्का संक्रमित भेटिएका छन्। पेटिएम कम्पनीका एक कर्मचारी संक्रमित पाइएका हुन्। उत्तर प्रदेशको गाजियाबाद एक व्यापारीलाई पनि कोरोना संक्रमण भएको छ।

कडाइ नगरे नेपालमा भित्रने संकेत

खुला सिमानाले जोडिएको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दै जान थालेपछि खुल्ला सिमानाका कारण नेपालमा पनि आउन सक्ने भन्दै चिन्ता थालीएको छ । नेपालमा अहिले सम्म कसैमा पनि यसको संक्रमण भेटिएको छैन । नेपालमा फैलन नदिन खुल्ला सिमानाकामा कडाइ गर्नु पर्ने कदभ भने सरकारले चाल्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्