कोरोना भाइसको असर : विश्वकप छनोटका खेलहरू स्थगित

काठमाडौं, फागुन २३ । कतार विश्व २०२२ र एसियन कप छनोटका दोस्रो चरणका छनोट खेलहरू स्थगित भएका छन् । विश्वव्यपी रूपमा महामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९) भाइसका कारण एसियामा हुने सबै फुटबल गतिविधिहरू स्थगित भएको फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल कन्फिडेरेसनले जनाएको छ ।

फिफाका अनुसार मार्च र जुनमा हुने सबै छनोटका खेलहरू स्थगित भएको जनाएको हो । फुटबलमा संलग्न सबै व्यक्तिको भलाइका लागि यस्तो निर्णय लिएको फिफा र एएफसी उल्लेख गरेको छ । “स्वस्थ्य सबथोक हो । त्यस्तै स्वस्थ्यलदाई प्राथमिकतामा राख्दै यस्तो निर्णय लिएका हौँ । यो नै आगामी खेलहरू स्थगित गर्ने औपचारिक प्रस्ताव हो ।” फिफा र एएफसीको रिर्पोर्टमा उल्लेख छ । त्रासपूर्ण स्थिति सामान्य भएको अवस्थामा फिफा र एएफसी संयुक्त रुपमा अर्को खेल तालिका सार्वजनिक गर्ने बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ), संघ र अन्य सदस्यहरूसँग कोरोना भाइरसको स्थिति बारे निगरानी गरिरहेको समेत फिफाले जनाएको छ ।

यससँगै नेपालले फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्र्तगत घरेलु मैदानमा खेल्ने खेलहरू पनि स्थिगित भएका छन् । नेपालले दशरथ रंगशालामा चाइनिज ताइपेसँग २६ मार्च, अस्ट्रेलियासँग ३१ मार्च र ४ जुनमा जोर्डनसँग खेल्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्