इटहरी गोल्डकप फुटबलमा आज झापा र मनाङ खेल्दै

काठमाडौं– मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

हिजोबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब बिजयी भएको थियो । थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन्  ।

प्रतिक्रिया दिनुहोस्