भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्दै, सीमा नाकाबाट सामान्य जाँच गराएर विदेशी पर्यटक नेपालमा
काठमाडौं, फागुन २२ । नेपालमा कोरोनाभाईरसको सङ्क्रमण भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने बताएपनि भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका कारण अवस्था जोखिमपुर्ण हुन सक्ने देखिएको छ।
अहिले नेपाल प्रवेश गर्ने नाकाहरूमा स्वास्थ्य सहायता कक्षहरू राखिए पनि त्यहाँ न उपकरण छन् न दक्ष जनशक्तिको व्यवस्था गरिएको छ।
अध्यागमन कार्यालय बेलहियाका अनुसार बिहीवार बिहान करिब १० बजे सो नाका हुँदै भारतबाट ७२ जना पर्यटकहरुको एक टोली नेपाल प्रवेश गरेको छ।
यो नाका स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटकहरू नेपाल प्रवेश गर्ने नाका हो।














प्रतिक्रिया दिनुहोस्