कोरोनाको आशंका: ३१ नेपाली आइसोलेसनमा, पाँचजनाको रिपोर्ट आउन बाँकी

काठमाडौं, फागुन २२ । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरेर आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले २६ जनाको रिपोर्ट नेगेटिभ आएको र हाल ५ जना टेकु अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिए ।

अहिलेसम्म कसैमा संक्रमण पुष्टि नभएको उनले स्पष्ट पारे ।अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा कसैलाई संक्रमण नभइसकेकाले मुलुकबाहिरबाट हुन सक्ने संक्रमण रोक्न ध्यान दिइएको बताए ।

विदेशबाट आउने यात्रु निगरानीमा रहेको एयरपोर्टमा स्क्रिनिङ भइरहेको उउनले जानकारी दिए ।६ स्थलमार्गमा पनि सुरक्षा प्रबन्ध मिलाइएको र ३७ नाकामा स्वास्थ्यकर्मीको टोली खटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्