सिभिल ब्यांकको नयाँ शाखा नखिपोटमा

काठमाडौं, फागुन २२ । सिभिल ब्यांकले ललितपुर जिल्लाको नखिपोटमा आफ्नो नयाँ शाखा विस्तार गरि संचालनमा ल्याएको छ ।बिहीबार नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल ब्यांक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरेका हुन् ।

सो अवसरमा ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरमा आश्रित बालबालिकाहरूका लागि २० थान ब्ल्याङ्केट पनि गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक देवकुमार ढकालले ब्यांकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि ब्यांकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे।

देशभरि समग्र ब्यांकिङ प्रणाली मार्फत हालसम्म करीब रु. ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन र करीब रु. ३१ खर्ब भन्दा बढी कर्जा लगानी गरिएको पनि ढकालले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्