केलियन बाप्पे नलिनु रियलको सहि निर्णय –पूर्व स्ट्राइकर मोरियन्ट्स

(एजेन्सी) । रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन् ।

यो सिजन बाप्पले रियल जाने निकै चर्चा चलेको थियो । अन्ततः उनी मोनाकोबाट लोनमा अर्को फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । रियलका समर्थकले पनि बाप्पेलाई टोलीमा देख्न चाहेका थिए । तर, मोरियन्ट्सले युरोपियन च्याम्पियनलाई अहिले बाप्पेको आवश्यकता नरहेको बताएका छन् । अबुधाबीको एक कार्यक्रममा भाग लिएपछि मोरियन्ट्सले भने, “पछिल्लो सिजन रियलको उत्कृष्ट रह्यो , त्यसले धेरै खेलाडी किन्नु आवश्यक छैन ।”

रियल र बाप्पले बीच सम्झौता नहुदा सन्तुष्ट देखिएका उनले थपे, ‘जति बेला नयाँ खेलाडीको आवश्यकता महसुस गरिन्छ । किनिन्छ अनि सिजनको अन्त्य खराब ढंगले हुन्छ । मलाई लाग्छ रियलले खेलाडीलाई धेरै ठूलो परिवर्तन ल्याएन । त्यो ठिक छ ।’ यद्दपी उनले बाप्पलेको क्षमताको प्रशंसा पनि गरे । तर, पनि रियलको स्तरका लागि अझै तयार नभनसकेको बताए । ‘बाप्पे राम्रो खेलाडी हुन् । उनका लागि अर्को स्तरमा जाने अवसर पनि छ ’ उनले भने, ‘अर्को स्तरमा पुगेपछि मात्र रियलमा खेल्ने मौका पाइन्छ । रियलमा खेल्नका लागि उत्कृष्ट मध्येको एक हुन जरुरी छ । ’

बाप्पलेले पिएसजीमा कस्तो प्रदर्शन गर्दछन् त्यसका आधारमा उनको स्तरको बारेमा बताउन सकिने मोरियन्ट्सले बताए । नेयमारसहित बाप्पलेलाई भित्राउन ठूलो खर्च गरेको पिएसजीले यसपटक युरोपियन च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गर्ने अपेक्षा गरेको छ । घरेलु लिगमा भने टोली उत्कृष्ट सुरुआत गर्ने क्रममा सबै ६ खेल जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्