पत्ता लगाए बैज्ञानिकहरुले कोरोना संक्रमण फैलाउने दुई प्रजातिका भाइरस, के- के हुन ति हेर्नुहोस्

काठमाडौं, फागुन २१ । गत वर्षको अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोनाको संक्रमण फैलाउने दुई प्रजातिका भाइरस पत्ता लागेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।

बेइजिङको पेकिङ विश्वविद्यालय, शाङ्घाई विश्वविद्यालय र चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरुले गरेको शोधअनुसार कोरोनाका भाइरसका दुई प्रजाति पत्ता लागेको हो ।

१०७ वटा नमूनाको अध्ययनपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । वैज्ञानिकहरुले यी दुई प्रजातिको नाम ‘एल’ र ‘एस’ राखेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको ‘एल’ प्रजातिले अत्यन्त तीब्र गतिमा संक्रमण फैलाउने गर्छ ।वैज्ञानिकका अनुसार सर्वप्रथम जनावरबाट मानिसमा ‘एस’ प्रजातिको कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

विश्वमा कोरोना संक्रमित मध्ये ७० प्रतिशतमा ‘एल’ प्रजातिको कोरोनाभाइरस पाइएको उनीहरुको भनाइ छ । यद्यपि संक्रमणको प्रकोप बढ्दै गएको अवस्थामा ‘एल’ प्रजातिको भाइरसको सक्रियता कम हुँदै गएको र समयसँगै ‘एस’ प्रजातिको भाइरस भने बढ्दै गएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्