भारतमा पनि देखियो २८ जनामा कोरोना भाइरस , भयो संक्रमणको पुष्टि

काठमाडौं, फागुन २१ । भारतमा नोबेल कोरोना भाइरस (कोभिड(१९)को संक्रमित संख्या २८ जना पुगेको छ।भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले बुधबार २८ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

यसका साथै मन्त्रालयले विदेशबाट आउने सबै यात्रीहरुको स्क्रिनिङ गरिएको छ। यसअघि १२ देशबाट आउने यात्रुको जाँच गर्ने बताइएको थियो।बुधबार इटालीका १४ पर्यटकमा कोरोनाको आशंका गरिएको छ। साथै उनीहरुलाई दिल्लीको आइटीबीपी क्याम्पमा क्वारेन्टाइनमा राखिएको छ।

स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनका अनुसार अहिलेसम्म १६ लाख मानिसको स्क्रिनिङ गरिसकिएको छ भने १५ भन्दा धेरै ल्याबोरोटोरीमा परीक्षण गर्न पठाइएको छ।कोरोना संक्रमण थुकबाट पनि सर्ने भएकाले कम्तिमा एक मिटर परै रहन मन्त्रालयले सबै नागरिकसँग आग्रह गरेको छ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस भारतको दिल्ली,तेलंगाना र जयपुर, महाराष्ट्र लगायतमा कोरोनाको संक्रमण भेटिएको छ भने हैदरावादमा किटनाशक औषधि छर्किएको छ। यस्तै युपी सरकारले कोरोना भाइरसको आशंकामा ६९ जना मानिसलाई निगरानीमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्