इरानमा स्वास्थ्य मन्त्रीसहित ३३ सांसदलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २१ । इरानमा स्वास्थ्य मन्त्रीसहित ३३ सांसदलाई कोरोना संक्रमण
देखिएको छ । इरानका जम्मा २ सय ९० सांसदमध्ये ३३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त संख्या कूल सांसदको ८ प्रतिशत रहेको त्यहाँका उपसभामुख अब्दुल रेजा मिस्रीले जानकारी दिए।

तेहरानमा पत्रकार सम्मेलनका क्रममा इरानका सर्वोच्च नेता अलि खामेनीलाई त्यहाँका सभामुख अलि लरिजानीले लेखेको पत्रलाई आधार मान्दै मिस्रीले सो जानकारी दिएका हुन्।

उक्त पत्रमा‚ संक्रमण अझ धेरै नफैलियोस् भन्नका लागि संक्रमित सांसदहरूलाई अरुको प्रत्यक्ष सम्पर्कमा नरहन निर्देशन दिएको जनाइएको छ।

सभामुख लरिजानीले संसदको खुल्ला सत्र समेत स्थगित गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्