अहिले सम्म नेपालमा छैन कोरोना संक्रमण , फैलन नदिन विषेश सावधानी अपनाऔं

काठमाडौं, फागुन २१ । विश्वका ६० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु भएको छैन । कोरोनाको आंशकामा उपचारका लागि अस्पताल गएका बिरामी पनि कोरोना नभएको पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमण फैलिन नदिन सरकारले पनि आवश्यक तयारी गरिरहेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखिएको छ । जहाँ नेपालबाट बाहिरिने र भित्रिने यात्रुहरुको थर्मल स्क्यानर र थर्मल गनबाट स्वास्थ्य जाँच हुने गरेको छ ।

यदि कोरोना संक्रमण भएमा बिरामी भेटिए उपचारका लागि छुट्टै कक्षको स्थापना गरिएको छ । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाललमा कोरोना क्वारेन्टाइनका लागि ४० शैयाको छुट्टै वार्ड बनाइएको छ । कोरोना संक्रमण फैलिएका देशबाट आउनेहरुका लागि उक्त क्वारेन्टाइनमा राख्ने तयारी छ । यता वीर अस्पतालले पनि विरामी उपचारका लागि २ बेड भएको छुट्टै कक्ष बनाएको छ ।

यस्तै प्रदेश १ मा रहेका विभिन्न अस्पतालमा कोरोना क्वारेन्टाइनका लागि २८ शैया तयार पारिएको छ । कोरोनाका शंकास्पद विरामीलाई राख्नका लागि अस्पतालहरुमा छुट्टै वार्ड बनाउने काम भइरहेको छ ।

संक्रमणबाट बच्न आफ्नै भूमिका

नियमित रुपमा साबुन पानीले हात धुने

-खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने

-यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

-फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने

-सभा सम्मेलन, भेला, भिडभाड भएको स्थानमा नजाने

-अर्को व्यक्तिसँग कुरा गर्दा नजिकै बस्नुको सट्टा केही दूरी कायम गरेर बोल्ने

-सफा मास्कको प्रयोग गर्ने

-जंगली तथा घरेलु पशुपंक्षीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने

-पशुजन्य मासु÷अण्डा राम्रोसँग पाकेको मात्र खाने

-१ सय ४ डिग्रीभन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने नोवेल कोरोना भाइरसको मुख्य लक्षणहरु हुन् । यी लक्षणहरु देखिएमा अस्पतालमा उपचारका लागि जानुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्