काभ्रेमा बस दुर्घटना : ४४ जना घाइते, केहिको अवस्था गम्भीर

काठमाडौं , फागुन २१ । काभ्रेमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका हुन् ।

घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिए । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।झाका अनुसार विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बुधबार बिहान करिब १० बजेको समयमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात फरार रहेका बसका चालक अहिले टेलिफोन सम्पर्कमा आइसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले जनाकारी दिए ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्