सुदूरपश्चिमको भाषा हराउन थाल्यो, ‘अलिकति बैतडीका दाजुभाईले मात्रै बोल्छन् , अन्य जिल्लाकाले त बोल्नै छाडी सके : सभापति देउवा
काठमाडौं, फागुन २१ । सुदुरपश्चिममा आ आफै भाषा र आ आफनै कला संस्कृति रहेका छन् । त्यमध्य त्यहाँका धेरै मानिस आफनै मातृ भाषा बोलने गर्छन तर पछिल्लो समय आफ्नो भाषा हराउँदै गएको पनि बुढापाकाहरुको भनाइ रहेको छ ।
बुढापाखाले आफ्नै भाषा बोले पनि अहिलेका पुस्ताले भने त्यति बोलेको पाईदैन । यसैबीच यता पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन्।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा मंगलबार धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउँदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे।‘अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ।’
उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गरे। सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए। द्येउवाले भने जस्तै हामीले हाम्र्रो भाषा र संस्कृतिलाई जोगाइ राख्न जरुरीछ जहाँ आफ्नो बोली र भाषा हुँदैन त्यहाँ आफ्नो पहिचान नै हुँदैन, हाम्रा भाषाहरुलाई र यसको संरक्षणका लागि सबै एक जुट भइ जोगाइ राख्न जरुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्