डा. युवराज खतिवडा मन्त्रीमा नियुक्त
काठमाडौं, २१ फागुन । डा. युवराज खतिवडा पुनः अर्थ र सञ्चार तथा सूचनाप्रविधि मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई फेरि पनि अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रिय सभा सदस्य रहेका खतिवडाको कार्यकाल मंगलबार सकिएपछि उहाँँले मंगलबारै अर्थ तथा सञ्चार तथा सूचनाप्रविधि मन्त्रीको पदबाट राजीनामा दिएका थिए ।
आज फेरी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले खतिवडालाई अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । उहाँले बुधबारै दिउँसो ४ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संघीय सांसद नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान अनुसार उनले सपथ ग्रहण गरिएको हो । संवैधानिमा यो व्यवस्था पनि छ ।














प्रतिक्रिया दिनुहोस्