टिप्परले ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु
बिराटगर , २१ फागुन । टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिंदा मा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । स्थिति तनावग्रस्थ छ ।














प्रतिक्रिया दिनुहोस्