कोरोना भाइरस: : त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ

काठमाडौं, फागुन २० । विश्वका धेरे देशका फैलीको कोरोनाको डर र त्रास यति बेला नेपालमा पनि उत्पन्न भएको छ । अहिले सम्म नेपालका यस रोगको संक्रमण भेटिएको छैन तर स्वास्थ्य संगठनले नेपाल उच्च जोखीमा रहेकाले सावधानी अपनाउन आग्रह गरेको हो । यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको छ ।

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकको मात्रै स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकको परीक्षण थालिको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विमानस्थलको जनशशक्ति समेत दोब्बर पारिएको बताए। एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उनले बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको बताए।

दक्षिण कोरियाबाट फर्किएका ७ जना नेपाली नागरिकमा सामान्य लक्षण देखिएपछि आइसोलेसनमा राखिएको उनले बताए। २ जना घर फर्किसकेका छन् भने ५ जनाको रिपोर्ट मंगलबार आउनेछ ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले नियमित रुपमा साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन्। ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल र्पुयाउन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्