कुमारी बैंकको २२औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

काठमाडौं , फागुन २० । कुमारी बैंकको २२औं शाखारहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा विस्तार भएको छ । बैंकले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफनो २२औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरि सुरु गरेको हो ।

सत्यवती गाउपालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्तरुपमा एक समारोहबीच शाखारहित बैंकिङ्ग सेवाको उद्घघाटन गरेका हुन ।

उक्त उद्घघाटन बैंकका डेपुटी सिइओ उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ । शाखा विस्तार भएसँगै अब ग्राहकहरुलाई सेवा सुविधामा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्