कोरोना भाइरसको प्रभाव: नेपाली कामदारलाई दिइने श्रम स्वीकृति तत्कालका लागि बन्द

काठमाडौं, फागुन २० । कोरोना भाइरसको प्रभावले वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई तत्काल श्रम स्वीकृति नदिने भएको छ । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ। इो सँगै अब तत्कालका लागि बन्द हुने भएको हो ।

नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरूमा कोरोनाको संक्रमण बढिरहेकोले योबारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
‘अदालतले पनि कोरोना संक्रमित देशमा उडान रोक्न आदेश जारी गरिसकेको छ। नेपाली श्रमिकको हकमा हामी आज छलफलमा छौं। स्वीकृति दिने कि रोक्नेबारे आजै निर्णय हुन सक्छ,’ घिमिरेले बताए ।

कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्। विभिन्न मुलुकमा कोनाको संक्रमणले गर्दा नेपाली पनि चिन्तीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्