टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि, २३ जना अझै आइसोलेसनमा

काठमाडौं , फागुन २० । चीनबाट फैलीएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । यसरी विश्वभर फैलदा नेपाललाई पनि उच्च जोखिमा राखिरहदा त्रास फैलिएको छ । यता कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सहज र सावधानी अपनाउन डाक्टरहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्