कोराना नियन्त्रण गर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ, १९ फागुन । कोरोना भाइरस (कोभिड–१९) रोकको संक्रमण बढिरहको बेला सर्वाेच्च अदालतले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी सरकारलाई अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनानियन्त्रणका लागि आवश्यक पहलकदमी लिनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्नसर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दैन्यायाधीश तेजबहादुर केसी सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् । सर्वोच्चअदालतले कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन सरकारलाई आदेशदिएको छ ।

यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणउच्चस्तरीय समन्वय समिति’ गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्