एभरेष्ट बैंकले ल्यायो न्यू रोड शाखा संचालनमा

काठमाडौं, फागुन १८ । एभरेष्ट बैंकले आफ्नो न्यू रोड कम्प्लेक्समा रहेको न्यू रोड शाखा विस्तार गरि औपचारिक रुपमा संचालनमा ल्याएको छ।शाँखा विस्तार सँगै ग्राहकहरुलाई अब भने सहज हुने भएको छ ।

नयाँ शाखाको औपचारिक उद्धघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले गरेका छन् ।सोही समारोहमा डेपुटी गर्भनर र प्रमुख कार्यकारी अधिकृत जीके नेगीले शाखाका पुराना तथा इमान्दार ग्राहकहरुलाई संयुक्त रुपमा सम्मानित गरेका छन्।

सो अवसरमा अन्य विशिष्ठ अतिथिहरु डा.सन्धिर कुमार, डीजीएम र बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो। यो बैंकले ९५ स्थानिय शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२३ एटिएमबाट सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस्