पक्राउ परेका रतनको बयान –प्रचण्डले वर्गसंघर्षको कुरा गरेको चित्तै बुझेन, अनि जुत्ता हानिदिएँ
काठमाडौं , फागुन १८ । प्रचण्डलाई जुत्ता हानेको अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले गरेको वर्गसंघर्षको कुराले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।
आइतबार राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच उनले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर प्रचण्डलाई उनले प्रहार गरेको जुत्ता भने लागेन ।
प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।
२२ वर्षीय पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् ।रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए।
हाल उनी काठमाडौमा लोक सेवा आयोगको परीक्षा तयारीमा थिए । उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । नेताहरु सुविधाभोगी भएको भन्दै पूर्व लडाकुहरु असन्तुष्ट हुँदै आएका छन् ।यसअघि पनि दाहालमाथि विभिन्न कार्यक्रममा जुत्ता चप्पल प्रहार हुँदै आएको थियो ।















प्रतिक्रिया दिनुहोस्