चीनको वुहानबाट १७५ जना नेपाली ल्याएका चालकदलका १८ सदस्य को रिपोर्ट नेगेटिभ , भए क्वारेन्टाइनमुक्त

काठमाण्डौ , फागुन १८ ।

चीनको उहानबाट नेपालीलाई उद्धार गर्न खटिएका चालक दलका सबै सदस्यहरुको स्वाव रिपोर्टको परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चाँगुनारायणमा राखिएका ११ जना चालक दलका सदस्यहरुको स्वाव रिपोर्टको परीक्षण नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका सचिव खड्ग दाहालले जानकारी दिए।

यो सँगै  चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।

दोस्रो चरणमा पनि उनीहरुमा कोरोना भाइरसको कुनै संक्रमण नभेटिएकाले उनीहरुलाई घर फर्काउने तयारी भइरहेको उनले बताए। उहाँहरुको स्वाव रिपोर्टको परीक्षण नेगेटिभ देखियो। सकभर सबैजना आजै घर फर्किनुहुनेछ, सचिव दाहालले भने।

दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

नगरकोटमा राखिएका हरु आज मुक्त भएका र भक्तपुरमा राखिएकाहरुलाई भोलि सोमबार मुक्त गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्