६४ देशमा फैलियो कोरोना भाइरसको सङ्कमण, ४२ हजारभन्दा बढी उपचारपछि घर फर्किए

काठमाण्डौ , फागुन १८ । गएको डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ६४ देशमा फैलिसकेको छ भने दुई हजार ९ सय ७९ जनाको ज्यान गएको र ८६ हजार ९ सय ९२ जना सङ्क्रमित भएका पुष्टि भएको छ ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् ।अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा मात्रै ४१ हजार आठ सय २५ जना र चीनबाहिर पाँच सय ९ जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका हुन् ।

गएको २४ घण्टामा चीनमा ३५ तथा अमेरिका र अस्ट्रेलियामा एक–एक जना कोरोना सङ्क्रमितको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्