टी-२० क्रिकेट: मलेसियाले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य
काठमाडौं, फागुन १७ । थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी(२० क्रिकेटमा मलेसियाले नेपाललाई १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको हो।
मलेसियाका लागि अजिज सहिद मुबारकले अर्धशतकीय पारी खेल्दै सर्वा्धिक अभिजित ५१ रन बनाउँदा मोहम्मद अन्वर अरुद्दिनले ३१ रन र अहमेद फैज मोहम्मदले ३० रन बनाए। त्यस्तै अमिनुद्दिन राम्लेले अभिजित २९ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
यता नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा अभिनास बोहोराले दुई र करण केसीले एक विकेट लिए। आजको खेलमा विकेट लिएसँगै सन्दीप लामिछानेको १०० औं विकेट पनि पूरा भएको छ। सन्दीपले २.२ र २.३ ओभरमा लगातार २ विकेट र ८.५ ओभरमा अर्को विकेट लिएका थिए। उनले विरन्दीप जगजित सिंह, खिजर हायत दुर्रानी र अन्वर अरुद्धिनको विकेट लिए।
त्यस्तै अभिनास बोहोराले मोहम्मद आरिफ जमल्दिन र अहमेद फैजलाई आउट गराए। त्यस्तै करण केसीले अमिनउद्दिन रामलेलाई पभेलियन फर्काए। नेपाल केहि बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ। खेल निकै प्रतिस्पर्धात्मक भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्