परिमार्जन नभइ एमसिसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं, फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।
प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने उनले बताए ।अमेरिकी सरकारसँग सहयोग लिन चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुझावसहित अमेरिकी सरकारलाई आग्रह गर्ने उल्लेख गर्दै आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्नेमा उनको भनाइ रहेको थियो ।

उनले अहिले संविधान संशोधन नहुने बताउँदै पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहो¥याए । पछिल्लो समय नेकपा पार्टीमा विवाद चर्कदै गएको छ भने यसको सामधान भइरहेको पनि नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्