मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग
काठमाडौं, फागुन १६ । मुक्तिनाथ विकास बैंकले प्राणोदय आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।
उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरे । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ । सहयोगले विद्यार्थीको सिकाई प्रकियाका साथै अन्यमा सहयोग पुग्ने भन्दै बैंकलाई विद्यालयले धन्यवाद दिएको छ ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले जनाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्