झुटा लाञ्छना र गाली बेइज्ज्ती गरेको भन्दै गोकुल बास्कोटाले हाले विजय मिश्रविरुद्ध जिल्ला अदालतमा मुद्दा

काठमाडौं , फागुन १६ । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । शुक्रबार उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन्।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए ।

बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन् ।“मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,”

यसअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गरेका थिए। प्रधानमन्त्रीले बास्कोटाको बचाउ गरेको भन्दै अहिले ओलीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्